खेलकुद

आईपीएलमा सन्दिप लामिछानेको डेब्यू आज, रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्ने

By purnakhabar

May 12, 2018

२९ वैशाख,-इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गर्ने भएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।