Banner News

१ सय १ वर्षीया वृद्धाले जन्माईन नौ पाउण्डको स्वस्थ्य बच्चा

By admin

April 01, 2018

एक महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्ला रु हामी अनुमान गर्न सक्छौं बढीमा ५० – ५५ वर्षसम्म । तर तपाईलाई सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा अनौठो लाग्न सक्ला ।

अनौठो नमान्नुहोस् । इटालीमा एक  १ सय १ वर्षकी वृद्धाले बच्चा जन्माएकी छन् ।

इटालीको नापोली शहरकी १ सय १ वर्षीया वृद्धा अनाटोलिया भर्टाबेलाले बच्चा जनमाएकी हुन् । त्यो पनि स्वस्थ्य र नौ पाउण्डको ।

उनको अण्डासयमा शुक्रटिकलाई ट्रान्सप्लान्ट गरी बच्चा जन्माएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

उनले टर्कीको एउटा निजी क्लिनिकमा बच्चालाई जन्म दिएको बताइएको छ । युरोपमा शुक्रटिकलाई ट्रान्सप्लान्ट गरी बच्चा जन्माएका अवैध मानिन्ने भएका टर्कीमा बच्चा जन्माएकी हुन् ।ती वृद्धाले उक्त बच्चाको नाम फ्रान्सेस्को राखिएको छ ।

यो उनको १७ औं बच्चा हो । ‘म आफ्नो १७ औं बच्चालाई जन्म दिन सहयोग गर्ने डाक्टरप्रति धन्यवाद दिन चाहन्छु । जसले मेरो चाहनालाई पूरा गरिदिए।’ ती शताब्दी आमाले भनिन्, ’म ४८ वर्षको हुँदा मलाई क्यान्सर भएको थियो, क्यान्सरको निदानपछि मैले नयाँ जीवन पाएँ । अहिले अत्यन्त खुसी छु । मैलै १७ औं सन्तान सय वर्ष पार गरेपछि पाएँ ।’

ती वृद्धाको पतिको निधन सन् १९९८ मा भएको थियो। लामो समय विधवा रहेकी उनले इन्टरनेटमा शुक्रकिट दाताको खोजी गरेकी थिइन्। उनले दाता भेट्टाएपछि यो उमेरमा बच्चा जन्माउन सम्भव भएको बताएकी छन्।

ती बालकका पिता २६ वर्षीय क्याथोलिक रहेको पनि उनले खुलासा गरिन् ।(एजेन्सी)