डा. ध्रुबराज अधिकारीले गरे आफ्नै राजीनामाको बचाउ

By purnakhabar

November 23, 2018

७ मंसिर, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका न्युरो सर्जन प्रा.डा ध्रुबराज अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गरी आˆनो राजीनाको बचाउ गरेका छन् । साथै, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आफूसित घुस नमागेको स्पष्टसमेत पारेका छन् ।

उनले आफ्नो ‘मिस अण्डरस्ट्याण्डिङ्ग’का कारण उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको छवीमा आँच पुगेको भन्दै त्यसको लागि क्षमासमेत मागेका छन् ।

साथै, उक्त घुस विचौलियाहरुले मागेको प्रष्ट पार्दै त्यसको खोजी तथा स्पष्ट पहिचान गरी स्वास्थ्य क्षेत्रमा मौलाइका विचौलियाहरुलाई समयमै पहिचान गरी असहज परिस्थिति सिर्जना हुनबाट बचाउनसमेत सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई अपील गरेका छन् ।

यद्यपी, राजीनामा पत्रमा को व्यक्तिबाट चाकडी तथा घुस मागेको भन्ने उल्लेख नगरेका उनको यस विज्ञप्तिमा पनि यसबारे केही उल्लेख गरिएको छैन ।

डा. अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा हाजिर हुने सम्बन्धमा पदस्थापना भएको बेलामै रमाना लिइ हाजिर हुनु पर्नेमा कानुनी प्रकृया र प्रशासनिक विषयवस्तुको अज्ञानताका कारण उक्त अस्पतालमा हाजिर हुन नगएको कारणले सिर्जित समस्या व्यक्तिगत र नितान्त भएको बताएका छन् ।

अनलाइन खबरबाट