७ मंसिर, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा आफ्ना सहयोगमा बनिरहेका आयोजनामा सन्तोषजनक काम नभएको भन्दै असन्तुष्टी जनाएको छ । उसले एडीबीको सहयोगमा बनिरहेका आयोजनाको सन् २०१८मा प्रगति सुस्त रहेको जानकारी दिएको छ ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा एडीबीको दक्षिण एसिया हेर्ने उपमहानिर्देशक दिवेश शरणले नेपालले परियोजनाहरुको परफर्मेन्स सुधारे मात्रै अझ बढी सहयोग बढाइने बताए ।
सन् २०१४-२०१६मा नेपालले एडीबीको आयोजनाहरुको सशक्त कार्यान्यवन गरेको स्मरण गर्दै उनले उनले २५४ मिलियन डलरबाट बढाएर सहयोग ५५१ मिलियन बनाइएको बताए ।
शरणले नेपालले आफ्नो परियोजनाहरुको पोर्टफोलियो फरफरमेन्स सुधारे अझ बढी अवसर पाउने भन्दै सरणले आयोजनामा हुो प्रगति नै सहयोग बढाउने आधार भएको जानकारी दिए । नेपालले २०१६ र २०१७मा अन्य देशले भन्दा बढी ऋण ताथ अनुदान सहयोग बपाएको थियो ।
पछिल्लो समयमा नेपाललको परियोजनाहरुको प्रगति खस्किएको ठहर एडीबीको छ । २०१८मा २.८ बिलियन डलरको परियोजनामध्ये ४४ प्रतिशतको ठेक्का नै लाग्न बाँकी रहेको एडीबीको रिपोर्टले देखाएको छ । ६४ प्रतिशत रकम अझै खर्च हुन सकेको छैन ।
उनले नेपालको उडड्यन र सरसफाई सम्बन्धी आयोजना कार्यान्वयन क्षमतामाथि प्रश्न समेत उठाए ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामको प्रगति राम्रो भएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको काम अघि बढन नसकेकोमा एडीबीको असन्तुष्टी छ । त्यस अवसरमा उपमहानिर्देशक शरणले नेपालले एडीबीको थप लगानीको सम्भावनालाई आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्ने तर्फ पनि गम्भीर ध्यानाकर्षण गराए ।
एडीबीको समीक्षा प्रतिवेदनमा नेपालमा चालू आर्थिक वर्षमा पनि ठेक्का सम्झौंता र रकम खर्चमा समस्या देखिएको पनि स्पष्ट पारेको छ । उपमहानिर्देशक शरणले चालू आर्थिक वर्ष भित्र नेपालमा ८ वटा आयोजनाको ठेक्का सम्झौता गर्ने लक्ष्य लिइएको जानकारी दिए ।
त्यसमध्ये सबैभन्दा धेरै बजेट पूर्व-पश्चिम सडक स्तरोन्नतिमा हुनेछ । यो वर्ष १० वटा ठूला आयोजनामा धेरै बजेट खर्च हुने एडीबीको अनुमान छ । पुनर्निर्माण, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, एयर ट्रान्सपोर्ट, क्षमता अभिवृद्धि कार्यक्रमका धेरै लगानी हुने अनुमान गरिएको पनि उपमहानिर्देशक शरणले बताए ।
यी सबै आयोजनामा हालसम्म लक्ष्य अनुसार खर्च हुन नसकेको एडीबीको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । एडीबीले नेपालमा हालसम्म २ अरव ८० अरव भन्दा धेरै बजेट लगानी गरेपनि आयोजनाको कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्न आग्रह गरेको छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले संघीयता कार्यान्यवनको चुनौती कारण पनि आयोजनाहरुको प्रगति सुस्त भएको स्वीकारे । उनले खर्च गर्ने क्षमता र परियोजनाहरुमा रहेका प्राविधिक समस्या, अनुगमनको प्रभावकारी विधि नहुँदा पनि समस्या भएको बताए ।
‘उनले एउटा प्रभावकारी कार्यायोजनामार्फत नै यस्ता समस्या हल हुन सक्छ,’ उनले भने,’यसमा एडीकले पनि सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभले नेपाल सरकारसँग बलियो सहकार्य गरेर परियोजनामा रहेका समस्याहरु फुकाउन आफुहरु तयार रहेको बताए । मुख्य परियोजनाको ठेक्का डिसेम्बरभित्र लगाइसक्ने गरी प्रयास गर्ने त्यसपछि आयोजनाको प्रगतिहरु सुध्रने विश्वास उनले व्यक्त गरे ।
एडीबीका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र विद्यालयका परियोजनाहरुमा राम्रो काम भएको छ । एडीबीले नेपालमा संचालित आयोजनाहरुमध्ये १ खरव २५ अर्व रुपैयाँको ठेक्का लाग्न बाँकी रहेको र १ खरव ७० अरव खर्च हुन बाँकी रहेको पनि जनाएको छ ।