हस्तमैथुन सिनले एकाएक चर्चामा श्वेता त्रिपाठी

By purnakhabar

November 23, 2018

बलिउडमा नायिकाहरुलाई चर्चामा छाउने असरदार तरिका सावित भएको छ, मास्टरबेसन सिन । चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर व्यापक हाइलाइट भइन् । अहिले अर्की नवनायिका रातारात चर्चित बनेकी छन् ।

यी हुन् श्वेता त्रिपाठी । उनले वेब सिरिज ‘मिर्जापुर’ मा मास्टरबेसन सिन दिएकी छन् । उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामूक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर मास्टरबेसन गर्न थाल्छिन् जुन उनको बहिनीले देख्छिन् ।

यो सिनमाथि तीव्र विवाद भएपछि श्वेतालउे मुख खोलेकी छन् । उनले यो सिन दिएकोमा कुनै पछुतो नरहेको बताइन् । ‘मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,’ उनले भनिन्, ‘मास्टरबेसन सिन दिने बारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ । मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।’

उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत काम नभएको बताएकी छन् ।

अनलाइन खबरबाट