डडेल्धुरामा बस दुर्घटना, मानवीय क्षतिको आशंका

By purnakhabar

November 22, 2018

६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवा स्कुल बस दुर्घटना भएको छ ।

अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा मानवीय क्षति पनि भएको आशंका गरिएको छ । अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ ।

अनलाइन खबरबाट