जोशी हाइड्रोपावरको आईपीओ आउँदै

By purnakhabar

November 22, 2018

६ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ (साधारण सेयर) जारी गर्ने भएको छ ।

इलामको पुवा खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको जायस कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीको आईपीओका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन पाइने बताइएको छ ।

मंसिर १६ गतेदेखि आवेदन खुला हुने यस कम्पनीको आईपीओका लागि छिटोमा १९ गते र ढिलोमा पुस १९ गतेसम्म आवेदन खुला हुने बताइएको छ ।

कम्पनीको सेयर ५० हजार ७ सय १४ कित्ता कर्मचारीलाई र ८४ हजार ५ सय २३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईपीओको ५ ग्रेड दिएको छ । जुन कमजोर रेटिङ मानिन्छ ।

अनलाइन खबरबाट