उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

By purnakhabar

November 22, 2018

६ मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ ।

सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो ।

चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदनसुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

अनलाइन खबरबाट