४ मंसिर, विराटनगर । विराटनगरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले सरकारले दम्भ देखाएको भन्दै आलोचना गरेका छन् ।
पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरिएको प्रस्तावको मस्यौदा सम्बन्धी सुझाव संकलन गर्न आयोजित कार्यक्रममा सहभागी भएका नेता डा. शेखर कोइरालाले सरकारले जे गरेपनि हुन्छ भन्ने दम्भ राखेको टिप्पणी गरे ।
नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको भोक पलाएको भन्दै सबै शक्ति अहिले आफूमा निहित गर्न अग्रसर बनेको बताए ।
उनले वर्तमान सरकार शक्ति सन्तुलन खल्बलाएर मुलुकलाई अधोगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको आरोपसमेत लगाए ।