अरिंगालले टोकेर चार वर्षीय बालकको मृत्यु

By purnakhabar

November 19, 2018

३ मंसिर, सिन्धुपाल्चोक । विद्यालय आउँदै गर्दा बाटोमा अरिंगालले टोकेर सिन्धुपाल्चोकमा एक बालकको मृत्यु भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका-१ मा रहेको गोल्मेश्वरी आधरभूत विद्यालयमा अध्ययनरत छात्र ४ वर्षीय पुजन खत्रीलाई अरिगंलले टोकेको थियो ।

अरिंगालले टोकेर घाइते भएका खत्रीको उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटोमै मृत्यु भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

अरिंगालले विद्यालय आउँदै गरेको शिक्षक र अन्य विद्यार्थीहरुलाईसमेत टोकेको थियो । अरिंगालको टोकाइले केही शिक्षक र विद्यार्थीसमेत घाइते भएको अध्यक्ष लामाले जानकारी दिए ।

अनलाइन खबरबाट