Banner News

हाम्रो फोटो सार्वजनिक भएर बेनी-तातोपानीको प्रचारै भयो: दाहाल

By admin

November 14, 2018

कार्तिक २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले म्याग्दीको तातोपानीमा डुबुल्की मारेको फोटो आएपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन विकासलाई सहयोग पुगेको बताएका छन्।

पत्नी सीतालाई ‘वाटर थेरापी’ गर्न भन्दै गृहमन्त्री रामबहादुर थापासहित तीन दिन अघि उनी सेनाको हेलिकप्टरमा सुरक्षा दलबल सहित म्याग्दीको तातोपानी पुगेका थिए।

दाहालले उद्योग वाणिज्य संघ म्याग्दीले बुधबार आयोजना गरेको कार्यक्रममा तातोपानीमा डुबुल्की मारेको फोटोले पर्यटन वर्ष २०७५ लाई सहयोग पुर्‍याएको बताए।

‘हामीले तातोपानीमा डुबुल्की मारेको फोटो जसरी प्रचारमा आयो त्यसले पर्यटन वर्ष २०७५ लाई सहयोग नै पुर्‍यायो,’ उनले भने, ‘तातोपानीको पर्यटन विकासमा तीन दिन नि:शुल्क सहयोग गरें। यसपटक म कसैले बोलाएर आएको थिइनँ।’

पत्नी सीतालाई तातोपानीमा डुबुल्की मार्दा सञ्चो हुने विश्वास भएकोले आएको पनि उनले बताए।

‘तातोपानीले राम्रो गर्छ भन्ने उनलाई विश्वास भयो। तातोपानीमा डुबुल्की मार्दा सञ्चो हुन्छ भनेर कसले भनिदियो। दुई महिनादेखि तातोपानी जाम कि तातोपानी जाम् भनेपछि प्रधानमन्त्रीसँग तीन दिन विदा मागेर गृहमन्त्रीसँग आएँ’, दाहालले भने, ‘हामी तातोपानीमा आएको देखेर त्यहाँ आएका विरामीहरु पनि निकै उत्साहित देखिन्थे’, सेतो पाटीमा खबर छ ।

पत्नीको उपचार गर्न सेनाको हेलिकप्टर चढेर म्याग्दी पुगेका थिए दाहाल !

Source link