Banner News

गलेश्वर मन्दिरमा धर्मबिरोधि प्रचण्ड-बादलको पुजा अर्चना पतनको दृश्य :खगेन्द्र संग्रौला

By admin

November 14, 2018

कार्तिक २८, काठमाडौं । पत्नी सीतालाई उपचार गराउने नाममा म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको पुजा अर्चना गरेपछि, सामाजिक संजालमा चर्काे विराेध भएकाे छ ।

राजनीतिक विष्लेषक एवं वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाले धर्मबिरोधि पुष्पकमल दाहाल र रामबहादुर थापाको पुजा अर्चना पतनको दृश्य भएको बताएका छन् । गाईछापे धर्मभीरू हिन्दु मान्यवर मण्डले कमल थापाको पथ भएको आरोप लगाएका छन् ।

संग्राैलाले प्रचण्ड र बादलकाे चर्काे विराेध गर्दै जन्मजात धर्मविरोधी भनेर भन्ने, धर्मलाई अफिमको संज्ञा दिने र हिन्दूधर्म अनुसार कुनै पनि संस्कार नअपनाउने प्रचण्ड र बादलले पूजा गरेको पटक्कै नसुहाउने भन्दै उनले चर्काे अालाेचना गरेका छन्।

उनले कडा शब्दमा कटाक्ष गर्दै ट्वीटरमा लेखेका छन् – ‘भौतिकवादी नास्तिक हुँ भन्ने पुष्पकमल दाहाल (पुकदा) र रामबहादुर थपा (राबथा) गलित मनोदशामा गलेश्वरको सभक्ति पूजा गर्दै। यो गाईछापे धर्मभीरू हिन्दु मान्यवर मण्डले कमल थापाको पथ हो। पुकदा–राबथा छलाङको गतिमा राप्रपा कमलतर्फ गतिमान् । हैट्, पतनका दृश्यहरूको रमिता पनि कति हेर्नु !’

प्रचण्डसंगै रहेका गृहमन्त्री रामबहादुर थापा बादल समेतले बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शन गरेका थिए । अध्यक्ष प्रचण्ड बादललाई लिएर म्याग्दी गएका थिए । त्यहाँ उनीहरुले तातोपानीमा पदीय मर्यादासमेत बिर्सेर मस्तसंग पानीमा खेलेका थिए ।

Source link