विश्व महिला बक्सिङमा दुई खेलाडीले भाग लिने

By purnakhabar

November 12, 2018

२६ कात्तिक, काठमाडौं । भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् ।

कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य लक्ष्मण कार्की रहेका छन् ।

च्याम्पियनसिपमा विभिन्न ६० राष्ट्रको सहभागिता रहनेछ । नेपाली टोली मङ्गलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

 

अनलाइन खबरबाट