Banner News

कसले बनायो निर्मला पन्तको रंगोली, किन बन्यो भाइरल ? [थप फोटोहरु]

By admin

November 08, 2018

कार्तिक २२, काठमाडौँ । तिहारको तेस्रो दिन गाई तिहार अर्थात् लक्ष्मी पुजाको रंगोलीमा निर्मला पन्तको सम्झनामा बनाइएको रंगोली यतिबेला सामाजिक संजालमा निकै भाइरल बनेको छ ।

उक्त तस्बिर दोलखा जिल्ला जिरी नगरपालिका स्थित वडा नम्बर ४ का रुद्र जिरेलले बनाएका हुन । तर उनि सरोज जिरेल भनेर परिचित छन् ।

उनि सरकारी जागिरे हुन् । साथै उनि संग आर्ट कला पनि छ । लक्ष्मी पुजाको दिन लक्ष्मीलाई भित्र्याउन जिरेलले एउटा रंगोली बनाए । जुन रंगोलीले निर्मला पन्तको न्यायका लागि बलियो सन्देश दियो ।

सरोज जिरेल

जिरेललाई लागेको थिएन कि, निर्मला पन्तको मुखाकृति सहितको रंगोली सामाजिक संजालमा यति धेरै भाइरल हुनेछ भनेर, उनि भन्छन ‘निर्मला पन्तको बलात्कार पछी अहिले सम्म न्याय मिलेको छैन, यसै बिषयलाई म्यासेज दिन खोजेको थिए तर यति बलियो म्यासेज दिन्छ भन्ने लागेको थिएन’ ।

कंचनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्या भएको १०० दिन नाघिसक्दा पनि न्याय मिलेको छैन । उनको न्यायका लागि बनेको मुखाकृति सहितको रंगोली सामाजिक संजालमा निकै भाइरल हुनुका साथै देशको न्यायालयलाई बलियो म्यासेज समेत दिएको छ ।

के हो रंगोली ?

खास गरी रंगोली नेपाल र भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोककला हो । पछिल्लो समय नेपालका प्राय सबै भूभागमा रंगोली बनाउने चलन चलिरहेको छ । मानिसहरूले रंगोली फरक फरक शैलीका बनाउने गरेका छ । यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । फरक फरक रंगले विविधता र विभिन्न आयामलाई प्रदर्शित गर्दछ ।

रंगोली तिहारसँगै सामान्यतः पर्व, व्रत, पूजा, उत्सव विवाह आदि शुभ अवसरमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ । यसमा साधारण ज्यामिति आकार वा देवी देवताहरूको आकृतिहरू बनाउन सकिन्छ । यसको प्रयोजन सजावट र सु-मंगल छ । यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन् ।

विभिन्न अवसरमा बनाइने यी पारम्परिक कलाकृतिहरूको विषय अवसर अनुसार अलग-अलग हुन्छ । यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गिलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गको प्रयोग गरिन्छ । अहिले रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुन थालेको छ ।

रंगोलीलाई ढोकाको बीचमा, आँगनको केन्द्र र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूल, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल अन्नबाट पनि बनाइन्छ ।

Source link