Banner News

तिहार विशेष कार्यक्रमको लागि टंक बुढाथोकी आबुधाबीमा

By admin

November 06, 2018

जे.सागर/कार्तिक २०, युएई। नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर ‘जय चन्द्र सुर्य युवा ग्रुप’ले आयोजना गरेको दिपावली साँस्कृतिक धमाका २०१८ मा सहभागी हुन चर्चित संगीतकार तथा गायक टंक बुढाथोकी आबुधाबी आइपुगेका छन् ।

अनाथ तथा गरीब बालबालिकाको सहयोगार्थ यही नोभेम्बर ९ तारिख शुक्रबार आबुधाबी मुसफ्फा स्थित मलायली समाजको सभाहलमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा टंक बुढाथोकीको अलावा चर्चित गायिका साहिमा श्रेष्ठ तथा युएईमा कार्यरत चर्चित कलाकारहरु आशिष पुरुष, जे.सागर, दीपक गुरुङ, हरि मोक्ताम, सनम रसाइली, सानु स्मिथ, सन्जिता लामा, सुस्मिता गुरुङ, अमृता लामा, सिमा थापा, सुरज श्रेष्ठ, सन्दीप खत्री, सुजन जंग बस्नेत, विवेक लिम्बु, विवेक रानाभाट, अमृत परियार, सन्दीप ग्याबा तामाङ, सोपन सागर, हेलेन राउत लगायतका कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुति द्वारा मनोरञ्जन दिने कार्यक्रम संयोजक हरि मोक्तानले जानकारी दिनुभयो ।

पछिल्लो समय बहुचर्चित बनेको मन बिनाको धन ठुलो कि धन बिनाको मन गीतका संगीतकार तथा गायक (बाल गायक अशोक दर्जीका साथ) टंक बुढाथोकी सो गीतको चर्चा पश्चात् तेस्रो पटक युएई निम्त्याइएका हुन् भने गायिका श्रेष्ठले पनि यस अघि नै युएईमा पटकपटक आफ्नो प्रस्तुति दिइसकेकी छिन् । दर्शक र श्रोताहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै बुढाथोकीलाई निम्त्याएको संयोकक मोक्तानले बताउनुभयो ।

केही समय अघि मात्रै स्थापना भएको जय चन्द्र सुर्य युवा ग्रुपले आफ्नो स्थापनाको छोटो समयमा नै युएईमा यो दोस्रो कार्यक्रम आयोजना गरेको हो । यही ग्रुपले केही समय अघि उनै गायक तथा संगीतकार टंक बुढाथोकी, बाल गायक अशोक दर्जी, ए आर बुढाथोकी र डिजे रुपकलाई निम्त्याएर एक भब्य कार्यक्रम सम्पन्न गरेको थियो । चाडपर्वको रौनकलाई कैद गरेर चर्चित कलाकारलाई आमन्त्रण गर्नु र संयोगबस भाइटीका पनि शुक्रबार नै पर्नुले यो कार्यक्रम पनि भब्य रूपमा सफल हुने युएईबासी नेपालीले अपेक्षा गरेका छन् ।

Source link