भरतपुर सरसफाइ गर्न मेयर रेनु दाहाल सडकमा

By purnakhabar

November 05, 2018

१९, कात्तिक, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरमा सरसफाइ अभियान चलाएको तेस्रो हप्ता पुग्यो ।

महानगरपालिकालाई सफा, सुन्दर बनाउने अभियान अन्र्तगत जनचेतना अभिवृद्धिका लागि भन्दैं मेयर दाहालसहित सरसफाइका अभियन्ताहरु हरेक हप्ताको सोमवार सरसफाईमा जुट्ने गरेका छन् ।

अघिल्लो हप्ता भरतपुर चौंविसकोठी क्षेत्रमा सरसफाई गरेको महानगरपालिकाले सोमबार महानगरपालिका गेटदेखि सहिदचोकसम्म सरसफाइ गरेको छ ।

सरसफाइका क्रममा व्यवसायीहरुले दैनिक घरयासी फोहरहरु पनि सडकमै फाल्ने गरिएको पाइएको छ । मेयर दाहालले भनिन् ‘फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौ, सधैं मेयरले फोहर टिपेर त साध्य लाग्दैन, जनतामा नै सचेतना ल्याउन सरसफाइ थालेका हौं ।’

मेयर दाहालले भरतपुर महानगरले मात्र सरसफाइको काम गर्न नसक्ने भन्दै फोहर गर्न भन्दा पनि फोहर नै गर्न हुन्न भन्ने सचेताको विकास हुनुपर्ने बताइन् । जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन अनुसार कारवाही गरिने चेतावनी मेयर दाहालले दिइन् ।

महानगरपालिकाले सुन्दर, स्वच्छ र शान्त महानगर बनाउने सोचका साथ अघि बढिरहेको भन्दै त्यसमा नागरिकको साथ अति नै आवश्यक रहेको मेयर दाहालले बताइन् । सरसफाइमा सचेत नागरिकहरुको उत्साहजनक सहभागीता रहेकोमा खुसी लागेको मेयर दाहालको भनाइ छ ।

अनलाइन खबरबाट