१८ कात्तिक, धनगढी । ‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा परेका छन् । डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा परेका हुन् ।