Uncategorized

तस्वीरमा हेर्नुहोस् कांग्रेसको चियापानमा को को पुगे ?

१६ कात्तिक, काठमडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको छ ।

पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुगेका थिए ।

चियापान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको बताए । ‘हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पाटर्टीको तर्फबाट अपिल गर्न चाहन्छु’ उनले भने ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सरकार निकै अनुलुक अवस्थामा रहेको भन्दै नेकपाले समयको सदुपयोग गर्न सक्नुपर्ने बताए । ‘अहिलेको स्थिरताको सरकार बनेको बेला राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतिर जान्छ । सरकारले समयको सदुपयोग गर्न सकोस्, कम्युनिस्ट पार्टी नेतृत्वको सरकरा समयको दुपयोग गर्न सक्षम हुनुपर्छ’ उनले भने ।

हेर्नुहोस् तस्वीरहरु : 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *