मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

By purnakhabar

November 01, 2018

१५ कात्तिक, दाङ । दाङको लमहीमा मोटरसाइकल र च्याम्फा ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा ४ अर्नहवामा गएराति रा ४ प ५५३५ मोटरसाइकल र रा १ त १३६७ नम्बरको च्याम्फा ट्याक्टर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ३ जखेराका निवासी २० वर्षीय कौशल चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा जखेराकै २२ वर्षे रोशन चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भैइरहेको छ ।

अनलाइन खबरबाट