जब न्यायाधीश अभियुक्तको पछि–पछि दौडिए

By purnakhabar

October 31, 2018

अमेरिकी सहर वाइनकस्थित अदालतमा एकजना न्यायाधीशले यस्तो हर्कत गरेका छन् जसले अदालतका सबै मानिसलाई खुबै मनोरञ्जन मात्र दिलाएन ती न्यायाधीशको प्रसंसा गर्नपनि सबै मानिस बाध्य भए ।

ती न्यायाधीशको नाम आर डब्लू बजार्ड हो । लुइस काउन्टी अदालतका न्यायाधीश हुन् उनी ।

उक्त अदालतमा सुनुवाई भैरहेको बेला दुईजना अभियुक्तहरु भाग्ने प्रयास गरे । अदालतबाट अभियुक्तहरु भाग्न थालेपछि ती न्यायाधीश आफ्नो आसनबाट उठेर पछि पछि दौडिए ।

अमेरिकी एक न्यूज च्यानलले उक्त अदालतको भिडियो सार्वजनिक गरेको छ । जुन अहिले सोसल मिडियामा निकै भाइरल बनेको छ ।

अदालतमा सुनुवाइका क्रममा त्यहाँ सुरक्षा कर्मी नभएको मौका छोपेर अभियुक्तहरु भाग्ने कोसिस गरेका थिए । त्यो देखेपछि न्यायाधीश बजार्ड आफ्नो कुर्सीबाट जुरुक्क उठे । आफुले लगाएको गाउन काढेर फ्याँके र भाग्ने अभियुक्तको पछि पछि भागे ।

त्यसक्रममा एकजना अभियुक्तलाई समाउन सफल हुन्छन् बजार्ड । अर्को अभियुक्तलाई सुरक्षाकर्मीले पक्राउ गरे ।

अन्ततः न्यायाधीशकै अग्रसरतामा पक्राउ परेका ती दुई अभियुक्तलाई अदालतबाट भाग्ने कोसिस गरेको थप मुद्दा चलाइएको छ ।

एजेन्सी

अनलाइन खबरबाट