Uncategorized

पर्यटकीय क्षेत्रको संरक्षण गर्न गुरुयोजना बनाउँदै ओमसतिया

११ कार्तिक, बुटवल । पर्यटकीय क्षेत्र संरक्षण गर्न रुपन्देहीको ओमसतिया गाउँपालिकाले गुरुयोजना निर्माण गर्ने भएको छ ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान र विकासका लागि गाउपरिषद्बाट २५ लाख रुपैयाँसमेत विनियोजन भइसकेको ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी लुकेका र ओझेलमा परेका सम्भाबित पर्यटकीय क्षेत्रको पहिचान गर्दैछौंं, अब नयाँ ढंगले काम थाल्दैछौं’, उनले भने ।

गाउँपालिकाले वडा नम्बर–६ रामजानकी मन्दिर परिसरमा रहेको प्राचिन महत्त्व बोकेको तालको सररसफाइ र मर्मतको कामबाट अभियान शुरुवात गरेको हो ।

४ बिगाहा क्षेत्रफलमा फैलिएको ताल अहिले पात,पतिंगर र फोहोरले भरिएको छ । ताललाई सफा गर्नका लागि गाउँभरका नागरिकले जनश्रमदान गर्न शुरु गरेका छन् ।

प्रत्येक दिन उनीहरुले तालमा पसेर सफाइ गरिरहेको गाउँपालिकाका अध्यक्ष हीराबहादुर केवटले बताए ।

पुरातात्विक महत्त्व बोकेको ताल संरक्षणको लागि विशेष चासो दिएर गुरुयोजना निर्माणको कार्य शुुभारम्भ गरिएको हो ।

प्राचिन किंवदन्ती अनुसार सुनको औठी लगाएका २५ देखि ४० किलोसम्मका माछाहरु पाइने तालको बीचमा विशाल रामजानकी मन्दिर निर्माण गरिने छ ।

आन्तरिक र वाह्य पर्यटक आर्कषणका लागि योजना बनाएर अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

जनप्रतिनिधिविहीन हुँदाको अवस्थामा धार्मिक पर्यटकीय सम्भावनाको क्षेत्रको रुपमा समेत रहेको मन्दिर र ताल संरक्षणमा ठोस पहल हुन सकेको थिएन ।

नयाँ जनप्रतिनिधिहरु आएपछि गाउँपालिकाभित्र रहेका सतियामाई मन्दिर र रामजनकी मन्दिरका साथै गाउँपालिकाभित्र रहेका तालहरुसमेत गुरुयोजानमा समेटिएका छन् ।

भैरहवा–परासी सडक खण्डबाट जम्मा डेढ किलोमिटरको दूरीमा रामजानकी ताल रहेको छ । सिमसार क्षेत्रको रुपमा रहेको रामजानकी तालमा करिव २ सयभन्दा बढी प्रजातिका चराहरु समेत पाइने गरेको छ ।

भविष्यमा ओम सतिया गाउँपालिका रहेका दुई वटा सतिया माई मन्दिर र रामजनकी मन्दिरलाई पर्यटकीय स्थलको रुपमा अगाडि बढाउने गरी कार्य अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष केवटको भनाइ छ ।

प्रचिनकालदेखि रामजानकी मन्दिर परिषरका रहेका तालका रहेका माछाहरु कसैले पनि खाने गदैनन्, जहाँको माछा मारेर खाएमा पाप लाग्ने किंवदन्ती अनुसार स्थानीयले माछा संरक्षण गर्दै आएका छन् ।
खासगरी साँझको समयमा माछाहरु बाहिर समेत देखिने गरेको वडा नम्बर ६ का वडा सचिव बलराम श्रेष्ठ बताउँछन् ।

तालको बीचमा विशाल रामजानकी मन्दिरसमेत निर्माण गर्ने, छेउछाउको स्थान फराकिलो बनाएर त्यहाँ बालबालिकाहरुको लागि खेलौना, पिङलगायत राखिनेछ ।

विभिन्न सेडहरु समेत निर्माण गरी आन्तरिक र वाह्य पर्यटक बढाउने योजनामा लागेको वडा नम्बर ६ का वडाध्यक्ष केवटले जानकारी दिए ।

२ विघा मन्दिर क्षेत्रफल र २ विघा क्षेत्रफल ताल रहेको क्षेत्रमा छठको अवसरमा विशेष मेला समेत लाग्ने गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *