९ कात्तिक, विराटनगर । विराटनरगमा प्रहरी हिरसतबाट दुई जना थुनुवा भागेका छन् ।
इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट थुनुवाहरु मोहमद आतिफ हुसैन र मोहम्मद आरिफ भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्थाकका हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।
प्रहरीका अनुसार उनीहरु हिरासतको रड काटेर फरार भएका हुन् । हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेका हुन् ।
घटनाको अनुसन्धान भइरहेको र फरारहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार घटना विहीबार राति १ देखि ३ बजेका बीचमा भएकाे हो ।
उक्त समयमा ड्युटीमा रहेका ७ जना प्रहरीमाथि छानबिन सुरु गरिएको उनले जानकारी दिए ।