सेयर बजारमा झिनो गिरावट, कारोबार रकम सुधारियो

By purnakhabar

October 22, 2018

५ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । सोमबार भएको कारोबारमा नेप्से परिसूचक १ दशमलव ९८ अंकले ओरालो लागेको हो ।

यस अघि आइतबार भने सेयर बजारमा सुधारको संकेत देखिएको थियो । आइतबार करिब ५ अंकले उकालो लागेको नेपसे परिसूचक आइतबार करिब २ अंकको गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

आइतबारको तुलनामा सोमबार करिब ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो । दिनभरमा भएका ३ हजार ४ सय ९९ कारोबारबाट ७ लाख ३० हजार ३ सय ९९ कित्ता सेयर कारोबार भएको छ ।

जस अनुसार आइतबार १६ करोड ९८ लाख ७८ हजार ९ सय ९० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अनलाइन खबरबाट