Banner News

एउटा कुरा भनौं ? दशैँमा पशु बलि गरेको विभत्स भिडियो र फोटो नराखिदिनुस् कृपया…

By admin

October 19, 2018

हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँको माहोल देशभरी छ । आफ्नो रितिरिवाज अनुसार दशैं धुमधामका साथ् मनाउ तर एउटा कुरा याद राखौ । दशैँको नाममा हुने बलि प्रथाको प्रचारप्रसार नगरौ ।

यस्तै बिषयमा सामाजसेवी तथा लेखक साहित्यकार जे. सागरले भनेको एउटा कुरालाई आत्मसात गरौ । हेर्नुहोस उनको सचेतना जगाउने सान्दर्भिक भनाई जस्ताको त्यस्तै…

एउटा कुरा भनौं ?

म कुनै डलरे कृष्चियन पनि हैन , म कुनै सनातन हिन्दु धर्म विरोधी पनि हैन, म आफू मासु नखाने र खानेलाई घृणा गर्ने मान्छे पनि हैन (म पनि मांसहारी हुँ) ।

आफ्नो रितिरिवाज, चाडपर्व, कुल परम्परा प्रति मलाई पनि उत्तिकै सम्मान र गर्व छ । तर यसो भन्दैमा निहत्था पशु बलि गरेको भिडियो, मारकाट गरेको विभत्स फोटो नराखिदिनुस् न प्लिज ।

तपाईं पराक्रमी भएर कुनै जंगलको सिंहलाई मार्नुभएको हैन आफ्नै गोठमा दाम्लोले बाँधेको निरीह पशुलाई मार्नुभएको हो ।

दशैंमा खसी बोका/राँगा/कुखुरा तपाईंकोमा मात्र काट्ने हैन, अरुको घरमा पनि काटिन्छन् । मासु तपाईंले मात्रै खाएको हैन अरुले पनि खान्छन् ।

यसलाई त्यत्रो गर्व गरेर प्रदर्शन गरिराख्नु पर्छ र ? हत्या हिंसाको प्रदर्शनी खुसी व्यक्त गर्ने माध्यम बन्छ र ?

कृपया यो विरोध हैन अनुरोध हो !

जनचेतनाका लागि शेयर गरौ ।

Source link