Banner News

कैलालीमा बस र कार ठोक्किँए

By admin

October 17, 2018

असोज ३१, महेन्द्रनगर । कैलालीको बर्दगोरीया गाँउपालिका–१ कट्टीपरमा बुधबार बस र भारतीय नम्बरको कार एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको एचआर१२ एई ०४७६ नम्बरको कार एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा कार चालकसहित कारमा सवार ६ र बसमा सवार १ गरी ७ जना घाईते भएका छन्।

घाइते हुनेहरुमा पाडिणी गाउपालिका– ५ अर्घखाँचीकी ३५ वर्षीया गीता नेपाली, सोही ठाउका ४२ वर्षीय हेमन्त भुसाल, १० वर्षीय युवराज नेपाल, ९ वर्षीय माधव नेपाल, बनदगंगा नगरपालिका–२ जितपुर कपिलवस्तुका ४२ वर्षीय विजय ढुंगाना, सोही ठाउँका ३९ वर्षीय कार चलाक धनपत गैरे र कैलालीको घोडाघोडी नगरपालिका– १० पहलमानपुका ४२ वर्षीय लक्षमण जोशी रहेका छन्।

उनीहरुको अवस्था सामान्य रहेको छ। अहिले स्थानीय बर्दगोरिया अस्पताल बौनीयामा उनीहरुको उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी भनाई छ। बस र कार प्रहरीको नियत्रणमा रहेको छ ।

Source link