२९ असोज, बुटवल । बुटवलको बिपी चोकमा रहेको एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी भएको छ । दीपक गौतमले काठमाडौंमा रहेकी सालीको खातामा पठाउन लगेको पैसा चोरिएको हो ।
घटना साढे २ बजेको भए पनि प्रहरीले थाहा पाएपछि साढे ३ बजेमात्रै बैंकमा पुगेको छ ।
भौचर भरेर काउन्टरमा पुगेर डिपोजिट गर्न पैसा दिन खोज्दा पैसा नभेटिएपछि केहीबेर बैंकमा तनाव भएको थियो ।
बागेश्वरी मेडिसिन डिस्ट्रव्युटर ज्योति पथमा काम गर्ने दीपकले आफूले भौचर भर्ने बेलामा छेउमा भएको ब्याक्तिले पैसा लिएर भागेको आशंका गरे ।