Banner News

गाउँपालिका प्रमुखबिरुद्द बिद्यालयले जिशिअलाई बुझाए ज्ञापनपत्र (पत्रसहित)

By admin

October 14, 2018

असोज २८, रोल्पा लिवाङ । गंगादेव गाउँपालिकामा रहेका ९ वटा बिद्यालय सम्मिलित संघर्ष समितिले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई रोल्पालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षक नियुक्तका लागि लिएको परिक्षा नियम बिपरित भएकोले खारेज गरि पुनः परिक्षा गरिपाऊँ भन्दै संघर्ष समितिका संयोजक धर्म बहादुर डाँगीद्वारा जिल्ला शिक्षा अधिकारी दान बहादुर गुरुङलाई पत्र हस्तान्तरण गरिएको छ ।

ज्ञापनपत्र अनुसार रोल्पा जिल्ला गंगा देव गाउँपालिकाका प्रमुख बिर बहादुर खत्रीले शिक्षक नियुक्तिका लागि कानुन तह बेरीत पुर्वक परिक्षा गराएको भन्दै उक्त परिक्षा बदर गरि पुन रित पुर्वक परिक्षा संचालन गर्न माग गरेका छन् ।

 

गंगादेव गाउँपालिका प्राथमिक तहका १३ वटा बिद्यालयलाई शिक्षा बिभाग द्वारा शिक्षण सिकाई सहयोग अनुदान कोटाको पद पूर्ति गर्न लिएको २०७५ साल आश्विन २१ गतेको पतिक्षा समिति शिक्षा नियमावली २०५९ को नवौ संशोधनको नियम ९६ (क) बमोजिम नभई बेरित पूर्वक जबर्जस्ती गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाएपछी जिल्ला शिक्षा अधिकारी द्वारा कुनै प्रतिक्रिया नदिएको संयोजक डाँगीले पोष्टपाटीलाई बताए । डाँगीले जिल्लाबाट उक्त बिषयमा सुनुवाई नभए उपल्लो अदालत दाङ तुलसीपुर सम्म पुग्ने अधिकारी समक्ष सुनाएका थिए तर पनि उनीबाट खासै चित्तबुझ्दो जबाफ नदिएको उनको गुनासो थियो ।

उक्त ज्ञापनपत्र सिडियो कार्यलय र जिल्ला समन्वय समितिलाई समेत बुझाएको डाँगीले बताए । सिडियो गन्ज बहादुर महरा क्षेत्रीले जिल्ला शिक्षा अधिकारी दान बहादुर गुरुङ संग बुझेर खबर गर्ने आश्वासन दिएको डाँगीले जानकारी दिए ।

डाँगीले भने अब हामी केहि समय कुर्छौ, हाम्रो माग प्रति वास्ता नगरिए माथिल्लो अदालत जानेछौ ।

हेर्नुहोस ज्ञापनपत्र

सम्बन्धित समाचार पढ्नुस 

गाउँपालिका अध्यक्षविरुद्ध उत्रिए विद्यालय, शिक्षक नियुक्तिमा चलखेल गरेको गम्भीर आरोप

गाउँपालिका अध्यक्षविरुद्ध संघर्ष समिति बन्यो, आजै ज्ञापनपत्र बुझाइने

Source link