Uncategorized

वास्तोलाको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद वास्तोलाको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने भएको छ ।

असोज २८, २९ र ३० गते पार्टीको केन्द्रीय कार्यायल र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने र श्रद्धाञ्जली कार्यक्रमबाहेक कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

त्यस्तै असोज २९ गते केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने १३ औं दिनमा केन्द्र र जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।

वास्तोलाको शनिबार ललितपुरको खुमलटारस्थित निवासमै निधन भएको थियो । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा राखिएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता बास्तोलाको पार्थिव शररमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा काँग्रेसलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

२०६९ साल पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएपछि बास्तोला अचेत अवस्थामा रहेका थिए ।

नेता वास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *