मिडिया उद्यमी हेमराज ज्ञवालीको निधन

By purnakhabar

October 14, 2018

२८ असोज, काठमाडौं । मिडिया उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ ।

छातीमा समस्या आएपछि गंगालाल हृदय केन्द्र पुर्याइएका ७९ वर्षीय ज्ञवालीको शनिबार उपचारका क्रममा निधन भएको हो ।

नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्षसमेत रहेका ज्ञवालीको ‘माइल्ड अट्याक’का कारण निधन भएको गंगालाल हृदय केन्द्रले पुष्टि गरेको छ ।

ज्ञवाली निजी क्षेत्रको पत्रकारिता विकास गर्ने हस्तीका रुपमा चिनिन्छन् । उनकै सक्रियतामा कान्तिपुर पब्लिकेसन र नेपाल रिपब्लिक मिडियाको प्रकाशन शुरु भएको थियो । उनी दुवै प्रकाशनका संस्थापक अध्यक्ष थिए ।

अनलाइन खबरबाट