Banner News

दशैँ बिशेष चर्चित भनाई: वर्षमा एक पटक भुइँ छाड्नु पर्छ तर कसरी ? हेर्नुहोस

By admin

October 13, 2018

शरद ऋतुमा पर्ने दसैंका बेला मौसम रमाइलो हुन्छ। हरियाली वातावरण, झुलेका धान, बारीका कोदोले गाउँघरका वातावरण मनमोहक बनाएको हुन्छ।

चाडबाडको उमंगमा यस्ता वातावरणले झन् रमाइलो थप्ने गर्दछ ।

चाडबाडको यस्तो रमाइलोमा गाउँघर, बजारमा लगाइने रोटे र लिङ्गे पिङले झन् रौनकता थप्ने गर्दछ। नेपाली समाजमा वर्षमा एक पटक भुइँ छाड्नु पर्छ भन्ने चर्चित भनाइ छ।

त्यसैले भुइँ छाड्न एक पटक पिङमा खेल्ने प्रचलन छ।

गाउँभरिका मान्छे पिङ लगाइएको ठाउँमा भेला हुने, रमाइलो गर्ने चलनले समाजमा छ। तर, पछिल्लो समय यस्ता प्रचलन हराउँदै गएका छन्।

दसैं तिहारमा लिङ्गे पिङ फाट्टफुट्ट देखिए पनि काठका रोटे पिङ लगाउने चलन कम हुँदै गएको छ ।

Source link