ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफ बराबरीमा

By purnakhabar

October 12, 2018

२६ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा दुबै टिमले गोल गर्न नसकेपछि अंक बाँडेका हुन् । ।

हिमालयन शेर्पा क्लबविरुद्ध आक्रामक देखिएको एपीएफले गोल गर्न भने सकेन । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पनि गोल गर्ने अवसर गुमाउँदा दुबै टिमले गर्न गर्न सकेनन् ।

यसअघि हिजो भएको खेलमा थ्रीस्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पुलिसले जाउलाखेल युथ क्लबविरुद्ध १-० गोलअन्तरले पराजित गरेको थियो ।

शुक्रबार हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

अनलाइन खबरबाट