‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको प्रेमलाप, चैत्र २९ मै रिलिज हुने

By purnakhabar

October 12, 2018

नायक अनमोल केसीको होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’ फागूण १७ मा रिलिज हुने भएपछि उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ मा रिलिज हुँदैन भन्ने अड्कलबाजी सुरु भएको थियो । तर, बजारमा चलेका सबै हल्लालाई चिर्दै यसको निर्माणपक्षले चैत्र २९ लाई नै प्रदर्शन मिति तोकेको छ । चलचित्रको प्रदर्शन मिति तोक्दै यसको फस्टलुक रिलिज गरिएको छ ।

सुनिलकुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको पनि मुख्य भूमिका रहने बताइएको छ ।

चलचित्रको फस्टलुकमा अनमोल र सुहानाको प्रेमलाप देख्न सकिन्छ । म्यूजिकल लभ स्टोरी कथामा यो चलचित्र निर्माण हुँदैछ । अब, अनमोलको करिब डेढ महिनाको अन्तरमा २ वटा चलचित्र रिलिज हुने भएका छन् ।

अनलाइन खबरबाट