Banner News

भाग्य खोसिएको दशैं

By admin

October 10, 2018

मेरो भाग्य खोसिएको दिन थियो दशैं मेरो रातो सिन्दुर पुछिएको दिन थियो दशैं

अरुका लागि दशै बन्यो मेरो लागि दशा मेरो सारा रातो लाउने लुगा सेतो रंगमा मुछिएको दिन थियो दशैं

मेरो सिउँदो पुछिएको दिन थियो दशैं आधा शरीर लुटिएको दिन थियो दशैं

अरूको लागि रंग रमिता थियो दशैं मेरो लागि रातो चुरा, रातो लुगा थुतिएको दिन थियो दशैं

कहिल्य नफर्किने बनाइयो मेरो खुशी रातो बस्तु लगाउने मेरो रहर फर्केर न नाआऊ है फेरि फेरि मेरो लागि कहिले दशैं

Source link