पूनमको फिल्ममा पुष्पल र रेविका फाइनल, दीपिकासँग कुरा मात्र

By purnakhabar

October 08, 2018

यसअघि चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्दै अगाडि बढेकी निर्मात्री पूनम गौतमले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक पुष्पल खड्का र नायिका रेविका गुरुङ फाइनल भैसकेका छन् । यस्तै, अन्य २ नायिकाको लागि कुरा भैरहेको वुझिएको छ । चलचित्रको छायांकन सुरु हुन अझै केही समय लाग्नेछ । अहिले नवल आफैले कथामा काम गरिरहेका छन् । चलचित्रका लागि नायिका दीपिका प्रसाइसँग पनि कुरा भैरहेको छ, तर उनीसँग कागजी संझौता भैसकेको छैन ।

चलचित्र ‘अझै पनि’ले व्यापारिक रुपमा आंशिक सफलता पाएका कारणले पनि पूनमले नयाँ प्रोजेक्टका लागि मिहिनेत गरिरहेको बताएकी छिन् । उनले भनिन्-‘हामी सबै जानकारी चाडै नै पत्रकार सम्मेलन गरेर दिनेछौ ।’

अनलाइन खबरबाट