Uncategorized

प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना

१८, असोज,बुटवल । प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे ।

मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको गुणस्तर सहितको विकासका लागि अब सहज हुने विश्वास ब्यक्त गरे । उनले शिक्षाबिना प्रदेश र देशकै विकास नहुने भएकाले बजेटमा वृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइएको बताए ।

‘पालिकामा रहेका सबै विद्यालयहरुमा एकै किसिमको पाठ्यक्रम, पाठ्यपुस्तक र ड्रेसकोड बनाउने योजनामा छौं, यसले कमिसन खाने परम्परा पनि तोडिन्छ भने शिक्षाको गुणस्तरमा प्रभावकारिता बढ्छ’ मन्त्री बरालले भने ।

गुणस्तरीय शिक्षाका नाममा बाषिर्क २६ अर्ब बाहिरी मुलुकमा जाने गरेको भन्दै मन्त्री बरालले यसलाई रोक्नका लागि आफ्नो मन्त्रालयले गम्भीर ढंगले सोचिरहेकोे उल्लेख गरे ।

‘अहिले सिरानी हालेर सुत्ने जति सर्टिफिकेटको थुप्रो छ तर पनि हामी केही नभएजस्तो देखिन्छौं,अब प्राविधिक, सीपमूलक र रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ’ उनले भने ।

माध्यमिक तहको शिक्षामा नया प्रयोगका लागि दुर्गममा रहेका शिक्षकहरुका लागि अध्ययन विधिका लागि एप बनाउने बारेमा आफूहरुले तयारी थालेको उनको भनाइ छ ।

निर्देशनालयमा ३५ कर्मचारीको टुंगो लागेको र अन्य कर्मचारी छिटै आउने निर्देशनालयका निर्देशक जितबहादुर शाहले बताए । अहिले केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *