Uncategorized

अचानक छालामा निलो दाग देखियो ? कारण यस्तो हुनसक्छ

पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ ।

यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग ? के यसले स्वास्थ्यमा असर गर्छ ?

किन बस्छ निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।

चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ  । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।

भिटामिन र मिनरल्सको कमी

– कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ ।

– भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।

– यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

– जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।

वन विलीब्रान्ड  डिजीज

वन विलीब्रान्ड डिजीज एक यस्तो समस्या हो जसको कारण अत्याधिक रक्तश्राव हुने गर्छ । वान विलीब्राण्ड नामक प्रोटीनको तुलनामा रगतको कमी भएमा यस्तो समस्या हुने गर्छ । यो रोग लागेमा चोट-पटकपछि अत्याधिक रगत बग्ने गर्छ । यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग देखिने गर्छन् ।

क्यान्सर वा किमोथेरापी

किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ । यस्तो अवस्थामा शरिरमा पटक-पटक निलो दाग देखिने गर्छ । निलो दागलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्छ ।

थ्रोन्बोफिलिया

ब्लीडिग डिसअर्डरको कारण पनि यस्तो समस्या हुन सक्छ ।   थ्रोन्बोटिक थ्रोन्बोसाइटोपेनिया पप्र्यूरा (टीटीपी) वा आइडियोपेथिक थ्रोन्बोसाइटोपेनिक पप्यूरा -आइटीपी) भएमा प्लेटलेट्स कम हुने गर्छ । यसले शरिरको रगत उत्पादन गर्ने क्षमतालाई पनि कमजोर बनाउने काम गर्छ । जसले गर्दा  पनि शरिरमा निलो दाग देखिन सक्छ ।

कोलोजनको कारण

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ । कोलोजन नामक विकार तत्वको कारणसमेत यस्तो समस्या हुन्छ । कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन् । जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ ।

औषधी र सप्लीमेन्ट

कुनै कुनै औषधी र सप्लीमेन्ट प्रयोगको कारण पनि छालामा  निलो दाग देखिने गर्छ । व्ाार्फ]{रन र एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधीको प्रयोग गर्दा कतिपयलाई यस्तो समस्या हुन्छ । किनकी यस्तो औषधीले रगतलाई जम्नबाट रोक्ने काम गर्छ । यसका साथै प्राकृतिक सप्लीमेन्ट जस्तो की जिन्को विलोवा, माछाको तेपल, लसुनको बढी प्रयोगले पनि रगत पातलो बनाउँछ ।

बढी एक्सरसाइज

शरिरमा निलो दाग हुनुको अर्को कारण अत्याधिक एक्सरसाइज पनि हुन सक्छ । आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा मांशपेशीमा चाप पर्न जान्छ । बढी तौल उठाउँदा पनि मांशपेशीमा अतिरिक्त बल पर्ने गर्छ । जसले गर्दा शरिरका विभिन्न भागमा निलो दाग देखिने गर्छन् ।

बुढ्यौली

घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला । शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ ।

अनि पर्पल र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने  मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ ।

– एजेन्सीको सहयोगमा

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *