आज १५० औं गान्धी जयन्ती तथा अहिंसा दिवस

By purnakhabar

October 02, 2018

१६ असोज, काठमाडौं । अक्टोबर २ अर्थात् आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।

गाष्ठीमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजय, भारतीय कांग्रेसका नेता चन्दनकुमार र नेपालका लागि भारतीय राजदूत मंजितसिंह पुरीले संबोधन गर्ने आयोजकले जनाएको छ ।

विश्व समाजले मानेका नेता महात्मा गान्धीको जन्म दिन पनि आजै हो । गान्धीले नेतृत्व गरेको चर्खा आन्दोलन, नुन आन्दोलनलाई अहिंसावादी आन्दोलन थिए ।

नेपालमा पनि अहिंसात्मक आन्दोलनका रुपहरु देखिएका छन् । पछिल्लो समय काठमाडौको माईतीघर मण्डलामा भेला हुने र प्रदर्शन गर्ने तथा प्लेकार्डहरु देखाउने चलन छ । यसलाई अहिंसात्मक आन्दोलन भन्ने गरिएको छ ।

अनलाइन खबरबाट