उत्तेजना फैलाउन अमेरिकाले विवादित क्षेत्रमा वमबर्षक विमान उडायोः चीन

By purnakhabar

September 28, 2018

१२ असोज, काठमाडौं । अमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सीमामा उडाइएको प्रति चीनले आपत्ति जनाएको छ ।

दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला थप नयाँ विवादले प्रवेश पाएको हो।

विवादित क्षेत्रमा अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि त्यसको आलोचना गर्दै चीनले उत्तेजना फैलाउने मनसायस्वरुप यस्तो गतिविधि भएको टिप्पणी गरेको छ ।

‘अमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सीमामा उडाएर अमेरिकाले उत्तेजना फैलाउन खोजेको छ’, चिनियाँ रक्षा मन्त्रालयले बिहीबार त्यसको आलोचना गर्दै भनेको छ ।

उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ ।

अमेरिकी सैनिक विमानद्वारा साउथ चाइना सीमा भएको उत्तेजना फैलाउने कार्यलाई लिएर चीनले सधैँ विरोध जनाउँदै आएको र यस विषयलाई सही समाधान दिन आवश्यक उपायलाई निरन्तरता दिइने रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्योकिआङले बताएका छन् ।

चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापूहरूको श्रृङ्खला तथा सामुद्रिक तटको निर्माण गरेको छ । जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । साथै उक्त क्षेत्रलाई सन् २०१६ मा अन्तर्राष्ट्रिय सामुद्रिक न्यायाधिकरणका रूपमा घोषणा गरिएको थियो । तर चीनले यसमा कुनै कानूनी आधार नरहेको बताउदै आएको छ ।

अमेरिकाले चीनको उक्त क्षेत्रमाथिको दावीलाई अस्वीकार गर्दै अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिने बताएको छ ।

अनलाइन खबरबाट