Banner News

गायक दामोदर भण्डारीको आवाजमा ‘भयो की ढाँटे झै’ (भिडियो)

By admin

September 25, 2018

काठमाडौं । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित गायक हुन् गायक दामोदर भण्डारी ।

मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस वर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोत्कृष्ट लोक भाका ‘भयो की ढाँटे झै’ बजारमा आएको छ।

गायक दामोदर भण्डारी र गायिका देवी घर्तीको गीतमा सुमधुर आवाज रहेको छ। मायालु तरिकाबाट जीवनका वास्तविक भोगाईलाई समेटिएको छ। दामोदर भण्डारीको मौलिक लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो।

अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। गीतमा व्यक्त भाव अनुसारको सर्वोकृष्ट नित्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन्।

भिडियो हेर्नुस  [youtube https://www.youtube.com/watch?v=v0Fo2xq_jBY]

Source link