Banner News

‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

By admin

September 23, 2018

असोज, काठमाडौँ । बहुप्रतीक्षित चलचित्रका रुपमा लिइएको ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ ।

शनिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर र रिलिज डेट सार्वजनिक गरिएको हो। काठमाडौँ क्युज हलमा पत्रकारलाई ट्रेलर देखाएपछि युट्युवमार्फत सार्वजनिक गरिएको हो।

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह आदिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्ममा यी कलाकारका अलावा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला, किरण केसी लगायतका कालाकारको पनि अभिनय रहेको छ।

शिक्षा क्षेत्रमा हुने राजनीतिलाई मुख्य विषय बनाएको यो चलचित्रमा कथावस्तु बनाइएको यो चलचित्रमा हास्य भन्द पनि सामाजिक मुद्दालाई मुख्य रुपमा प्रस्तुत गरिएको निर्माता दीपकराज गिरीले जानकारी दिए।

त्यसैगरी ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको छ। चलचित्र आगामी घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने निर्माता गिरीले जानकारी दिए।

दीपराज गिरीको कथामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी छन्। आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्ममा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माताको रुपमा छन्।

[youtube https://www.youtube.com/watch?v=8t-MTj3XqPM]

Source link