Banner News

निर्मलाको हत्यारा अब आउने आर्को संबिधान दिवशसम्म भेटिन्छ हैन सरकार ?

By admin

September 19, 2018

आज संबिधान दिवश । सुशासनको नयाँ नारा बोकेको देशमा भर्भराउँदो कलिलो निर्मला पन्तको जिन्दगीले यसपालीको संबिधान दिवश मनाउन पाएन ।

खैर, आफु जन्मेको देश सजाउने उनको रहर त त्यसै अधुरो रह्यो नै, जिन्दगीको अन्तिम पल सम्म यहि देशमा बाँचेर मर्ने चाहानालाई टुंग्याइ दिने ५५ दिन अघिको उनको दुश्मन, आज संबिधान दिवश मनाउदा सम्म भेटिएको छैन ।

जति बेला बैरीले उनको कल्कलाउँदो शरीर नै चुडालेर लागेको थियो । काठमाडौंमा नयाँ हजारे राजाहरुले संबिधान दिबश मनाई रहदा निर्मलाको घरमा रुवाबासी छ । भन्नलाई त संबिधान निर्मला जस्तै छोरीहरुका लागि हो भन्थे तर त्यहि संबिधानले निर्मलाका आमाबाबालाई किन धरधरी रुवायो होला ?

त्यसको उत्तर भेटाउन अझै बाँकी नै छ । सायद यसको उत्तर कसै संग नहुन पनि सक्छ ।

चुनावको माहोल थियो । निर्मलाका बाबा आमाले न्याय दिने नेतालाई भोट हाल्दा छोरीको भबिस्य हेरे नै फुत्त भोट हालेका थिए । हुन त आर्कोपक्षहरु पनि थिए, भोट नहाल है यो राज्यले केहि दिंदैन भन्नेहरु । तर पनि छोरीकै भबिस्य देखेर ताखेता गरेरै भोट हालेका हुन् ।

तिनै भोट लिएकाहरुले आज छोरीको जिन्दगि नै हराउदा न्याय दिएनन । रात नपर्दै दिउसो मै हराएकी छोरीको खोजि गर्न हारगुहार गर्दापनि साथ् दिएनन ।

निर्मलाको आत्मालाई अझै याद छ, प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा सबै भन्दा पहिले उठान र बखान गरेको एउटा शब्द हो ‘सुशासन’ ।

नागरिकहरुले पनि देशको यहि सुशासन कै लागि भोट खसालेका थिए । फलस्वरुप आज देशमा बहुमत सहितको कम्युनिष्ट सरकार पनि बन्यो ।

कम्युनिष्ट सरकारको सुशासनले अझै सुर कस्न सकेन । बरु निर्मलाको जीवन कहिलै नफर्किने गरि हरायो ।

जन्म दिने आमाबाबाहरु देशकी छोरीहरुले निर्मलाको जिबन ग्रहण नगरुन भन्नका खांतिर न्यायको झोली मागेर सडकमा पुगिन ।

उनलाई साथ् दिन कंचनपुरबासीहरु एकजुट भए । त्यहि बेला सुशासन बोकेको प्रशासनले ड्याम्म गोलि हानेर लडायो । निर्मलाको न्याय माग्नेहरु निर्मला कै थातथलोमा पुगे, कोहि घाइते भएर अचेत अबस्थामा कोमामा पुगे ।

देशमा कस्तो सुशासन आयो ? बुझ्न गाह्रो भयो ।

आफैले भोट दिएर जिताएको सरकारको बहुसंख्यक नागरिकहरु यो कम्युनिष्ट सरकार देखि खुसि हुनुपर्ने हो तर अधिकांस नागरिकहरु दुखि भएका छन् । असन्तुष्टि बनेका छन् ।

राजधानीमा सुकिला मुकिला दौरासुरुवाल माथि कालो कोट लगाएका प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्ताहरुलाई अरिंगाल बन्न नसकेको भन्दै दुखेसो पोखे ।

राज्य प्रति आम नागरिकहरुमा बढेको वितृष्णबाट घबराहट बनेका ओलीले आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको जस्तो पनि बुद्दी नभएका भन्दै रिसका झोक्का फ्याके । तर उनको अरिंगालको बुद्दीले निर्मला पन्तको न्यायका लागि नबोल भन्न खोजेको उनका कार्यकर्ताले सहजै बुझे ।

अर्थात निर्मलाहरुको न्यायका निम्ति उनको प्रशासनलाई आलोचना गर्नु गलत भयो रे ! निर्मलाको हत्यारो किन पत्ता लागेन भनेर कुर्लनु मिथ्या लाग्यो रे ! निर्मलाको नक्कली हत्यारोलाई खडा गरेर, नक्कली हत्यारो किन टक्र्याएको भन्दा सरकार प्रति नाजायज आक्रमण भयो रे !

के यस्तो पनि देशको सुशासन होला त ?

निर्मलाको अपराधि नभेटिएको आज ५५ दिन पुग्यो । कंचनपुरवासीहरु प्रधानमन्त्रीले चाहेका भेडाको जस्तो बुद्दी भएका

अरिंगाल भएको भए मानसिक सन्तुलन ठिक नभएका स्थानीय दिलिपसिंह विष्ट आज व्यर्थै अपराधि हुने थिए ।

धन्य छ कंचनपुरबासीलाई जो अरिंगाल बनेनन् अनि दिलिप बिष्ट निर्दोष साबित भए ।

त्यसकारण अब भन्नै पर्छ, आफ्ना कार्यकर्ताहरु भेडो बनेर अरिंगाल बन भनेर ह्विप जारि गर्ने नेतृत्वको चेतना निरंकुश तानाशाही हो । कार्यकर्ताहरु आफै अरिंगाल बन्न प्रेरित गर्ने चेतना डेमोक्रेटिक हो ।

किन भने हाम्रो देशको सुशासन भित्रको न्याय सत्यको पक्षमा हुन्थ्यो भने, उक्त सत्यको पक्षमा कार्यकर्ताहरु स्वतस्फूर्त सचेत अरिंगाल बन्थे ।

आज संबिधान दिवश अस्थाउदै गर्दा नोट गर्नुस प्रधानमन्त्री ज्यु ! निर्मलाको हत्यारा कहिले भेटिन्छ ? के अझै आर्को संबिधान दिवश सम्म कुर्नु पर्ने हो ?

Source link