Banner News

कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

By admin

September 18, 2018

असोज २, काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको छ।

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ। शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए।

कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो। दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ।

उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो। कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ। कलाकार श्रेष्ठको देव्रेपट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ। रासस

Source link