समाचार

‘योगमाया’ बोकेर हिँडे मुख्यमन्त्री पोखरेल

By purnakhabar

September 18, 2018

बुटवल– मंगलवार बिहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतारहतार गाडीमा चढ्दै थिए ।  त्यहिबेला उनको आँखा जुध्यो –योगमायासँग । गाडीमा चढेका पोखरेल पुन ओर्लिएर नजिकैको पुस्तक पसलतर्फ पाइला सारे । पसल नजिकै गएर योगमायाबारे सोधपुछ गरे  ।सोधपुछपछि खल्तीबाट केही रुपैयाँ झिकेर ‘योगमाया’ पुस्तक मगाए । पसलेले पुस्तक मुख्यमन्त्रीको हातमा थमाइदिए ।आफ्नो हातमा पुस्तक परेपछि पोखरेलले एकछिन आवरण हेर्दै सुम्सुम्याए, अनि लागे गाडीतर्फ । निलम कार्कीले प्रका राताेपाटीबाट