समाचार

अनेसास कतारको अध्यक्षमा प्रेम भट्टराई निर्वाचित

By purnakhabar

September 18, 2018

दोहा/ अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज -अनेसास) कतार च्यापटरको गत शुक्रबार सम्पन्न विशेष अधिबेशनबाट प्रेमप्रसाद भट्टराई अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।

अधिबेशनसँगै १५३ औँ मोति जयन्ती तथा अनेसास कतार च्याप्टर नवोदित साहित्यिक वाचनालय कतारको ८५ औँ डबलीको कार्यक्रममा ‘मोति एक गजल अनेक नामक’ सामूहिक बिशेष गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पाँच जना गजलकारहरु ईश्वर राई, दिलिप पराजुली, नारायण निर्लज भण्डारी, चक्र कार्की र सन्तोष अधिकारीले मीठामीठा गजल बाचन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, अनेसास कतार च्यापटरका प्रमुख सल्लाहकार रेगिस्तानी कवि तीर्थ सङ्गम राई, नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दीप मिलनलगायत कार्यक्रममा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिहरुमा प्रथम उपाध्यक्ष सिताराम थापा, द्वितीय उपाध्यक्ष मणि पौडेल, महासचिव लेख कार्की, सचिब यादव रेग्मी, कोषाध्यक्ष दिलिप पराजुली र सह- कोषाध्यक्षमा खेमराज सुवेदी सदस्यहरुमा चक्र कार्की, नारायण निर्जल भन्डारी, सागर भन्डारी बिभोर, सन्तोष अधिकारी निर्बिरोध निर्बाचित भएका छन भने बाँकी रिक्त रहेका चार सदस्य पदका लागि सँस्थाले बिधान, नियम अनुसार पदपूर्ति गर्ने निर्वाचन समितिले बताएको छ ।

विशिष्ट श्रोता डा. राजेश कुमार पौडेलले प्रवासमा साहित्य कार्यक्रममा सहभागी भएर रचनाहरु सुन्न पाउँदा अत्यन्त खुशी लागेको र सम्पूर्ण साहित्य अनुरागी हरुलाई निरन्तर कलम चलाउन आग्रह गरे।

कार्यक्रम संचालन प्रेमप्रसाद भट्टराईले गरेका थिए भने तिनजनाको निर्बाचन समितिमा सयोजक तीर्थ संगम राई, गणेश बन्जाडे र दीप मिलन रहेका थिए ।

सँस्थाका प्रमुख सल्लाहकार एवम निर्वाचन समितिका सयोजक तीर्थ सङ्गम राईले नयाँ निर्वाचित कार्यसमितिलाई सपथ कार्यक्रम राखेका थिए ।

अनलाइन खबरबाट