राजनीति

महतोले दिए संविधान संशोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी

By admin

December 25, 2017

लहान- राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन्।

सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेसी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

‘त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौं’, उनले भने।

प्रदेश नम्बर २ को नाम मधेस प्रदेश हुने दाबी गर्दै नेता महतोले चुनावमा तालमेल भए पनि २ नम्बर प्रदेशको मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरम नेपालमध्ये कसले पाउने भन्ने छलफल भइनसकेकोे बताए।