अन्तर्वार्ता

लोडसेडिङको विषयमा बोले कुलमान

By admin

December 22, 2017

खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञप्तिमा भनिएको छ, अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित, अघोषित कुनै लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौं । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्राविधिक समस्याका कारण कहीं कतै केही बेर विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा  समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको प्राधिकरणले जनाएको छ ।